Monday, February 15, 2021

बन्ने छ समृद्ध प्रदेश

सिर्जनाले भर्नसके भूमी हाम्रो उर्वर

चेतनाले जगाउनसके सोँच सकारात्मक

गर्नसके उपयोग स्रोत साधन

बन्नेछन सुखी जन समृद्ध प्रदेश

 

के छैन हामीसंग खोजी गर्नसके हिम्मत

अपार जलसम्पदा यो रुपान्तरण गर्नसके विद्युत

यहीँ त छन् मणि रत्न निधि प्रकृतिक स्रोत

बन्नेछ समृद्ध प्रदेश उपयोग गर्नसके त

 

धान झुल्ने फाँट छन् यहाँ जङ्गल जडीबुटीले लटरम्म

जहाँ खोज्यो भेटिन्छ धन थोरै गरे परिश्रम

विकासका वाहक यूवाशक्ति रोक्न सके विदेश

बन्नेछ समद्ध प्रदेश यूवा जोस यही प्रयोग भए त

 

संस्कृतिले भरिपूर्ण छ जातजातिको विविधता

रितिरिवाज अनेक छन् भाषा धर्म फरक भएपनि कमी छैन एकता

भौगोलिक विविधता यस्तै तराई मधेस पहाड

बन्नेछ समृद्ध प्रदेश सुखी जन आर्थिक उन्नती भए त

 

 

जनजातिको संख्या बढी दलित ब्राह्मण क्षेत्री सबैको बास

थारु मान्छन आइतबारी माघी पर्व गुरुङ तमु लोसार

कोही गाउछन् हठिया सेलो सवाइ कोही घाटु मारुनी

बन्नेछ समृद्ध प्रदेश सबै संस्कृतिको संरक्षण भए त

 

पर्यटकलाई भैरहवामा बिमान चढाई टरीगाउँमा झारी स्वर्गद्धारी पुगाऔँ

लुम्बीनीका भिच्छुसंग वात गराई तराई मधेस घुमाऔँ

राप्ती हुँदै जलमार्गबाट जलजलाको फेदी पुगौँ

बन्नेछ समृद्ध प्रदेश पर्यटनको विकास अझै गर्न सके त

 

गर्नसके   विनासर्त व्यवस्था शिक्षा स्वास्थ्य रोजगारीको

जन गर्थे काम धेरै आफ्नै आफ्ना क्षमता र सिपको

उद्योग चले नाना चिजको पूर्ति हुन्थ्यो आवश्यकताको

बन्नेछ समृद्ध प्रदेश हामी स्वयम् स्वावलम्वी बन्न सके त

 

सुन फल्ने खेतीयोग्य भूमी वैज्ञानिकीकरण गर्न सके

चाँदी फल्थे पहाडका भिरालोमा फलफूल रोप्न सके

आवश्यकताको पूर्ति हुन्थ्यो तराइको जंगल जोगाउन सके

बन्नेछ समृद्ध प्रदेश हामीले हामीलाई नै चिन्न सके त

 

ध्रुब गिरी

प्यूठान नगरपालिका वडा नं ८ , प्यूठान

फोनः ९८४७८५८०४७

 

No comments:

Post a Comment

जय विकृति

 ध्रुब गिरी सदस्य साहित्य परिषद् प्यूठान यहाँलाई अनौठो लाग्ला विकृतिको पनि जय भन्ने कस्तो मति हराएको मनुवा रहेछ भन्नुहोला तपाईँले जे भने पनि...

Popular