Tuesday, February 23, 2021

प्रतिनिधिसभा पुनःस्थापना हुने सर्वोच्चको फैसला, १३ दिनभित्र बैठक (सर्वोच्चको फैसलाको पूर्ण पाठसहित)

काठमाडौँ । प्रधानमन्त्री के. पी. शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । सो कदमका विरुद्ध परेको रिटमाथि आज फैसला गर्दै सर्वोच्च अदालतले १३ दिनभित्र संसद्‍को बैठक आह्वान गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाको नाममा परमादेश जारीसमेत गरेको छ । सारङ्गी न्युज डटकममा समाचार छ ।

सर्वोच्चको फैसलाको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस् ।




दिवाखाजा निर्देशिका

Monday, February 22, 2021

सार्वजनिक शिक्षा प्रणालीको सबलीकरणका चुनौति र उपाय

नेपालको शैक्षिक इतिहाँसलाई हेर्दा निरङ्कुश जहानिया राणा शासनकाल शैक्षिक दृष्टिकोणले अध्यारो काल रह्यो ।
जनता शिक्षित भए ब्रहमलुट गर्न नपाइने सोचले विद्यालय खोलिएन बरु विद्यालय खोल्न छुट्याएको त्यतिवेलाको २ लाख रुपैया वेलायतको अनाथलायमा सहयोगका लागि पठाइयो तर नेपालमा विद्यालय खोल्ने हिम्मत भएन ।तथ्याङ्क हेर्दा नि कहालिलाग्दो छ ।
२००७ सम्म नेपालको शाक्षरता जम्मा २ प्रतिशत , प्राथमिक विद्यालय ३२१ वटा , माध्यमिक विद्यालय ११ वटा र कलेज १ मात्र यस्तो थियो शैक्षिक तथ्याङ्क । राणाकालिन निरङ्कुसताको विरुद्धमा जनआन्दोलन भयो अनि २००७ सालमा नेपालमा प्रजातन्त्र आयो तर १० वर्ष पनि पूरा हुन नपाउदै प्रजातन्त्रको घाटी निमोठेर पञ्चायती व्यवस्था आयो एकदलीय पञ्चायती व्यवस्थाको बिरुद्धमा २०४६ मा पुनः जनआन्दोलन भएपछि पञ्चायत पनि गयो बहुदल आयो नेपालमा विद्यालय खुले खुल्नसम्म खुले सार्वजनिक पनि खुले र नीजि पनि खुले तर राज्यको शिक्षाप्रतिको लगानी हेर्ने हो भने कनिका छरेजस्तो भएको छ । शिक्षा विकासको पूर्वाधारहरुको पनि पूर्वाधार हो भन्ने कुरा जबसम्म राज्यले बुझ्दैन तवसम्म शिक्षाको विकास नि हुदैन शिक्षाको विकास नभए देशको विकास नि सम्भव छैन । मान्नुस या नमान्नुस भएको यथार्थ यही हो ।

Monday, February 15, 2021

राजनीति छलगरी कमाउ नीति होइन

 

म जस्तो गोज्याङ्ग्रोको बुझाईमा राजनीति भनेको त सबै नीतिको मूल नीति हुनुपर्ने , यही नीतिका आधारमा राज्यका सबै नीति निर्देशित हुनुपर्ने हो तर आज राजनीति भनेको कमाउ नीति , छल नीति , ढाँट नीति , भ्रष्ट नीति , लुट नीति , दण्डहिन नीति आदर्श र इमान सकिएको नीति , वेइमानहरुको कार्यनीति सत्य हराएको नीति ,

 पैसावालाको नीतिको रुपमा परिणत भएकोछ । तपाईँसंग नीति सिद्धान्त बिचार र व्यवहार जे सुकै होस् नहोस् तर तपाईसंग धनपैसा छ , चाकडी चाप्लुसी गर्नुहुन्छ भने तपाई राजनीति गर्न पाउनुहुन्छ सक्नुहुन्छ अगाडी बढ्न सक्नुहुन्छ  र नेता बन्नुहुन्छ म लेखेरै दिन्छुँ तर तपाईसंग धनपैसा छैन तपाई जति सत्यबिचार र सिद्धान्त बोकेर हिड्नुस तपाईँलाई कसैले पत्याए त के ? यही कटु सत्यतालाई पच्छाउदै हामी जनताका मत लिएर गएका नेताजीलाई केही भन्ने जमर्को गरेको छुँ । नेताजी हो ! के तपार्ईहरुले नेपाली जनतालाई भेडा बाख्रा सोच्नु भएको हो ? के यो देश एउटी महिलालाई माइतीले अथवा मावलीले दिएको धन दाइजो जस्तै तिमीहरुको पेवा हो ? अर्थात विवाहमा दुलहीका बाबुआमाले दुलहीलाई दिएर पठाएको धनमाल, लुगा, गहना गोडधुवा हो । राजारजौटा सामन्तले आफ्ना आसेपासेलाई निगाहको रुपमा दिएको विर्ता हो ? कदापी होइन । जनतालाई धोका दिने तिमीहरुलाई अधिकार छैन । जनतालाई ठगेर खाने राजनीति नेपाली जनताको चाहना होइन । जनता त देशमा शान्ति, सुख, दुःख, हर्ष, विस्मात, रिस द्वेष आदि मनोभावले नविथोलिएको मानसिक स्थिति शान्त र स्थिर अवस्था, विद्रोह, होहल्ला, खलबली, रडाको आदि नभएको अवस्था, भोकतिर्खा, श्रमताप

बन्ने छ समृद्ध प्रदेश

सिर्जनाले भर्नसके भूमी हाम्रो उर्वर

चेतनाले जगाउनसके सोँच सकारात्मक

गर्नसके उपयोग स्रोत साधन

बन्नेछन सुखी जन समृद्ध प्रदेश

 

हो म त्यही शिक्षक हुँ

 राज्यबाट हेपिएको

कर्मचारीतन्त्रबाट दवाइएको

ध्रुव गिरी

नगरेपनि राजनीतिको विल्ला भिराइएको

राज्यकै वरियताक्रममा नपारिएको

तर अविचलित स्वाभिमानमा बाँचेको

हो म त्यही शिक्षक हुँ ।

 

                थाहा छ तिमीलाई ?

                तिमीले बाङ्गाटिङ्गा अक्षर लेख्दै गर्दा

                त्यसो होइन बाबु यसरी लेख्नुपर्छ भन्दै

जय विकृति

 ध्रुब गिरी सदस्य साहित्य परिषद् प्यूठान यहाँलाई अनौठो लाग्ला विकृतिको पनि जय भन्ने कस्तो मति हराएको मनुवा रहेछ भन्नुहोला तपाईँले जे भने पनि...

Popular