Tuesday, May 19, 2020

माल ,माल वेहाल

माल ,माल वेहाल


ध्रुब गिरी
ाहिले बिश्व कोरोना भाइरसको महामारीमा लकडाउनमा छ । स्वास्थ्यकर्मी , विरामी र सुरक्षाकर्मीवाहेक सबै आआफ्ना घरकोठामा बसेका छन् । कसैले कोरोनाको औषधी पत्ता लगाउने उपाय सोँचेका होलान कसैले अरु के के आविश्कार गर्ने सोँचेका होलान मैले भने यसो बाहिर निस्केको नेपालमा कोरोनासंग सम्वन्धित प्रयोग र उपचारका सामग्री खरिद प्रकृया , यसमा देखिएको अनियमितता र माल किन्दा माल प्राप्त गर्ने अनि मालामाल बन्ने चाहना जिम्मेबार निकाय र व्यक्तिले गरेको हल्ला हो वा साच्चै हो राम जाने तर मैले बुझेको हावा नलाइ पात किमार्थ हल्लिन्न । त्यसैले मैले यो महत्वपूर्ण अनेकार्थी शब्दको वारेमा वलबुतोले भ्यायसम्म अध्ययन अनुसन्धान गरी छाड्ने निधो गरेँ । वास्तवमा माल शब्द आफैमा अपूर्ण हुदाहुदै पनि अनेकार्थका साथै बहुआयामिक प्रतिभा बोकेको अर्थबाहक शब्द रहेछ । विभिन्न उमेर समूहले प्रयोग गरिरहने यो शब्दलाई सबैले आआफ्नु ढंगले अर्थ्याएका पाइयो । जाति, पेशा, लिंग, उमेर, समय र परिस्थिति अनुसार यसको निस्फिक्रीरुपमा बढ्दो प्रयोगले नै यसको छुट्टै विशेषता र महत्व थाहा हुन्छ । यो शब्द त स्वतन्त्र सर्वब्यापी पो रहेछ । यसका पर्यायवाची शब्दहरुको खोजी गर्दा ठुलै महाकाव्य नै सिर्जना हुन बेर नलाग्ला भन्ने पो लाग्यो ।

जय विकृति

 ध्रुब गिरी सदस्य साहित्य परिषद् प्यूठान यहाँलाई अनौठो लाग्ला विकृतिको पनि जय भन्ने कस्तो मति हराएको मनुवा रहेछ भन्नुहोला तपाईँले जे भने पनि...

Popular