काठमाडौँ । प्रधानमन्त्री के. पी. शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । सो कदमका विरुद्ध परेको रिटमाथि आज फैसला गर्दै सर्वोच्च अदालतले १३ दिनभित्र संसद्को बैठक आह्वान गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाको नाममा परमादेश जारीसमेत गरेको छ । सारङ्गी न्युज डटकममा समाचार छ ।
सर्वोच्चको फैसलाको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस् ।
No comments:
Post a Comment