Friday, May 28, 2021

खै कहाँ आयो गणतन्त्र ?

 



यहाँ गरिवि घटेको छैन

आत्मनिर्भरता बढेको छैन

बैदेशिक ण घटेको छैन

खै कहाँ आयो गणतन्त्र ?

 

झुपडिमा वसेकाको रोदन

दरवारमा बस्नेले सुनेका छैनन्

निर्मला पन्तका बाबुआमाको

आँसु अझै सुक्नै पाएका छैनन्

भरिया र कुल्लीका पसिनाले

अझै आराम गर्नै पाएका छैनन्

खै कहाँ आयो गणतन्त्र ?

 

इमान्दारीहरु निहुँरिनु परेको छ

वैमानहरुको राज बढेको छ

सदाचारीहरु दुःखी वनेका छन्

भ्रष्टाचारीहरु सत्तासिन भएका छन्

युवाशक्ति विदेसिएकै छन्

लम्पट र तलुवा चाट्नेहरुकै हालिमुहाली छ

खै कहाँ आयो गणतन्त्र ?

 

गरिवहरु सिटामोल नपाएरै मर्नु परेको छ

कसैले राज्य ढुकुटीबाट विदेशमा उपचार गरेको छ

कोही विद्यालय उमेरमा बाँच्नकै लागि वालश्रमिक बनेको छ

पहुँचवालाका सन्तान छात्रवृत्तिमा विदेसमा छन्

कहाँ छ समानता ? कहाँ छ मौलिक अधिकार ?

खै कहाँ आयो गणतन्त्र ?

 

स्वदेशको जागिरभन्दा डिभि पिआर कै महत्व छ

समान तहका राष्ट्रसेवकका सुविधा भिन्न छ

नैतिकता बेच्ने कानुन हातमा लिने कै वोलवाल छ

संघीयताको नाममा दरवार जति केन्द्र मै छ

गाउँवस्तीमा सिंहहरुकै राज छ

खै कहाँ आयो गणतन्त्र ?

 

ध्रुब गिरी

२०७६।०२।१४

गणतन्त्र दिवस

 

No comments:

Post a Comment

जय विकृति

 ध्रुब गिरी सदस्य साहित्य परिषद् प्यूठान यहाँलाई अनौठो लाग्ला विकृतिको पनि जय भन्ने कस्तो मति हराएको मनुवा रहेछ भन्नुहोला तपाईँले जे भने पनि...

Popular