Saturday, April 17, 2021

अखिल नेपाल शिक्षक संघ, प्युठानको चौथो जिल्ला अधिवेशन सम्पन्न, २०७८ बैशाख ४

 



अखिल नेपाल शिक्षक संघ प्युठानको चौथो जिल्ला अधिवेशन वहुउद्धेश्शीय शैक्षिक भवन पूण्यखोला, प्युठानमा आज सम्पन्न भएको छ ।


 जिल्ला अध्यक्ष अर्जुनबहादुर के.सी.को अध्यक्षता, जिल्ला समन्वय समिति प्युठानका प्रमुख तथा जिल्ला शिक्षा समन्वय समितिका संयोजक केशव आचार्यको प्रमुख आतिथ्यतामा सुरु भएको उद्घाटन शत्रमा विशेष अतिथिको रुपमा राष्ट्रिय जनमोर्चा लुम्विनी प्रदेशका अध्यक्ष तथा पूर्व शिक्षक नेता वोमबहादुर खत्री, राष्ट्रिय जनामोर्चा केन्द्रिय सदस्य कृष्णबहादुर खड्का यसैगरी अतिथिहरु नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका उपमहासचिव तथा अखिल नेपाल शिक्षक संघ केन्द्रीय उपाध्यक्ष तारा वेलवासे, नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सदस्य  तथा अखिल नेपाल शिक्षक संघ केन्द्रीय महासचिव चक्रपाणि पौडेल, अखिल नेपाल शिक्षक संघ केन्द्रीय सदस्यद्वय वालाराम पोख्रेल र विन्दु विष्ट, नेपाल शिक्षक महासंघ प्युठानका अध्यक्ष शेरबहादुर थापा क्षेत्री र नेपाल राष्ट्रिय शिक्षक संगठन प्युठानका सचिव ज्ञानहरि रिजालले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो । जिल्ला उपाध्यक्ष कल्याण खड्काको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन सत्रको सञ्चालन सचिव डम्मरसिंह जि.सी.ले गर्नुभएको थियो । आजै सम्पन्न वन्दसत्रमा सचिव डम्मरसिंह जि.सी.ले प्रस्तुत गर्नुभएको सांगठानिक प्रतिवेदन, समसामयीक तथा आगामी कार्यक्रम र कोषाध्यक्ष महेन्द्रबहादुर के.सी.ले प्रस्तुत् गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसहमतबाट पारित भएका थिए । पारित आगामी कार्यक्रम निम्न रहेका थिए ।

    भावी कार्यक्रमहरु

१.  सांगठनिक सुधार र स्थायित्वका लागि वार्षिक कार्ययोजना तयार पारी कार्यान्वयन गर्ने ,

२. केन्द्रले आह्वान गरेको सबै गतिविधिमा भाग लिने र निर्देशन अनुरुप कार्य गर्ने ।

३.शैक्षिक सुधारका विषयहरुमा जिल्लामा रहेका अन्य पेसागत संगठनहरुसंग सहकार्य गर्ने ।

४. अखिल नेपाल शिक्षक संघको सदस्यता बढाउन पहल गर्ने ।

५. पालिका र शिक्षा विकास समन्वय इकाइबाट हुने गतिविधि सकारात्मक भएमा सहकार्य गर्ने र नकरात्मक भएमा असहमति र विरोध गर्ने ।

६. स्थापना दिवश बिशेष रचनात्मक कार्यक्रम  र गतवर्ष जिल्ला भित्रवाट सेवा निवृत्त शिक्षकलाई सम्मान कार्यक्रम सहित मनाउने

७. सदस्यहरुको संरक्षण, पेशागत सुरक्षा र समयसापेक्ष शैक्षिक सुधारका लागि नियमित प्रतिबद्ध क्रियाशील रहने,

८. आ.व. ०७८ बजेट विनियोजन पूर्व ९ वटै स्थानीय तहमा पेशागत र शैक्षिक सवालमा एकै दिन एउटै प्रकृतिको ज्ञापनपत्रसहित प्रतिनिधि मण्डल जाने 

९. सदस्यहरुको विवरण एक्सल सिटमा व्यवस्थित गर्ने ।

१०.संगठनको आयोजनामा सबै स्थानीय तहमा कम्तीमा २ दिने नेतृत्व तथा क्षमता विकास तालिमको आयोजना गर्ने 

११. संगठनको आम्दानी खर्चलाई थप व्यवस्थित गरी नगद मौजदातलाई न्यून गर्ने ।

 १२. जनशिक्षा वर्ष १२ अङ्क १० प्रकाशनका लागि लेख, रचना तथा विज्ञापन संकलन, प्रकाशन र वितरणमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने ।

१३. अखिल नेपाल शिक्षक संघका वडा समितिहरु गठन गर्ने,

१४. सबै शिक्षकहरु प्रविधिमैत्री बन्ने र बन्न प्रेरित गर्ने ।

वन्दशत्रमा चक्रपाणि पौडेलको अध्यक्षता, वालाराम पोख्रेल र विन्दु बिष्ट सदस्य रहेको ३ सदस्सीय अध्यक्ष मण्डलको सञ्चालन गर्दै वालाराम पोख्रेलबाट नयाँ जिल्ला समितिको प्यानल प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत् नयाँ जिल्ला समिति पनि अधिवेशनले सर्वसहमतबाट पारित गरेको थियो ।

नव निर्वाचित जिल्ला समिति निम्नानुसार रहेको छ ।

अध्यक्षः– अर्जुनबहादुर के.सी.

उपाध्यक्षः– डम्मरसिंह जि.सी.

सचिवः–    ध्रुब गिरी

कोषाध्यक्षः– महेन्द्रबहादुर के.सी.

महिला उपाध्यक्षः– देवा बिष्ट

सहसचिवः– कल्पना थापा

सदस्यः–  दुर्गाबहादुर थापा

सदस्यः–  भरत सुनार

सदस्यः–  विष्णु पौडेल

सदस्यः–  वसन्तबहादुर जि.सी.

सदस्यः–  वेदराज ज्ञवाली

सदस्यः–  काशीराम पोख्रेल

सदस्यः–  वामदेव पौडेल

सदस्यः–  नारायणबहादुर के.सी.

सदस्यः–  लुइस्याङ्जी के.सी.

सदस्यः–  मुमा के.सी.

सदस्यः–  रामप्रसाद पोख्रेल

यसैगरी केन्द्रीय प्रतिनिधिमा कर्णबहादुर जि.सी., शंकरबहादुर वस्नेत

वुदिराम पुन, डिलाराम पौडेल, शेरबहादुर थापा, कल्याण खड्का, कुलबहादुर थापा, खेमराज पोख्रेललाई चयन गरेको छ । नवनिर्वाचित जिल्ला समितिलाई केन्द्रीय उपाध्यक्ष तारा वेलवासेले पद तथा गोपनियताको सपथग्रहण गराउनुका साथै वधाई ज्ञापन गर्नुभयो भने नवनिर्वाचित अध्यक्ष अर्जुनबहादुर के.सी.ले प्रतिबद्धता जाहेर गर्नुभयो ।    ध्रुब गिरी   प्युठान

 

No comments:

Post a Comment

जय विकृति

 ध्रुब गिरी सदस्य साहित्य परिषद् प्यूठान यहाँलाई अनौठो लाग्ला विकृतिको पनि जय भन्ने कस्तो मति हराएको मनुवा रहेछ भन्नुहोला तपाईँले जे भने पनि...

Popular