Friday, October 22, 2021

जय विकृति

 ध्रुब गिरी

सदस्य साहित्य परिषद् प्यूठान


यहाँलाई अनौठो लाग्ला विकृतिको पनि जय भन्ने कस्तो मति हराएको मनुवा रहेछ भन्नुहोला तपाईँले जे भने पनि मलाई सरोकार छैन, केही मतलव छैन । म त भएको लेख्छु आधा ढाकेर देखाउन खोज्नेलाई उदा¨ो पार्न जानेको छुँ । आदर्श बोली  बोलेजस्तो गर्ने व्यवहारमा घृणित हर्कत गर्नेको पिछा लागेर छाड्छु , भाषणमा एक कार्यशैलीमा अर्को गर्नेको धज्जी उडाउछुँ ।  मुखमा रामराम वगलीमा छुरा लुकाउनेको टुप्पी समाउछुँ । कानुन मिचेर वैमान गर्नेको सकेसम्म  तर्कवाणले ढाड मस्काउछुँ । घरमा आगो लाएर खरानी खोज्न विदेश चाहार्नेलाई बाटोमा रोक्छु । चुनावमा लगाएका धाक पूरा नगर्ने नेता भनाउँदालाई भेट्नासाथ लोप्पा खुवाउछु । छाउपडी,देवकी, दाइँजो र तिलक प्रथालाई रीतिरिवाजको नाममा संस्कार भनेर निरन्तरता दिनेलाई  तिरस्कार गर्छु । मानव भएर पनि जातिय छुवाछुत दानवीय व्यवहार गर्नेको खेदो खन्छु । म यी सप्पै गर्छु भन्दा हुटिट्याउले आकास थाम्न खोजेको भन्नुहोला भन्नुस मलाई केही न्याक्नु हुन्न म मेरो बाटोमा निरन्तर अगाडी बढ्छु जतिवेलासम्म तपाईको साथ पाउनेछुँ र म रहन्छुँ । 

अनौठो नमान्नुहोला दानवरुपी मानिसले छाउपडीको नाममा कलिला नानीहरुलाई असहजता र एकान्तमा राखेर निशास्सीएर र ।सर्पलाई टोकाइ मारेनन् कि ? वैठक भाषणमा महिला स्वतन्त्रताका गुड्डी हाक्ने वेलुका घरमा घरेलु हिंसा गर्दैनन् कि ? महिला स्वतन्त्रताका नाममा महिला स्वयंले महिलामाथि अन्याय अत्याचार गर्दैनन् कि ? समाजमा मानवमाथि चरम शोषण अन्याय अत्याचार गरेर मन्दिरको मूर्तिसंग याचना गदैैनन् कि ? बाबुआमा बाँचदासम्म स्याहार सुसार, औषधीमूलो गर्नु नपर्ने मरेपछि घिउमा पिण्ड वनाएर पठाउने हर्कतको प्रशंसा गर्नु हुन्न कि ? आफ्नो भएको खेतवारी बाँझो राखेर मरुभूमिमा भेडा चराउन रहर गर्ने युवाशक्तिलाई प्रोत्साहन गर्नुहुन्न कि ? आफ्ना मौलिक पोषाकलाई पाखे पोषाक भनेर च्यातिएका पाइन्ट काटिएका कुर्ता र एक वित्ताको जामा लाउनेलाई आधुनिक भन्नु हुन्न कि ? मौलिक उत्पादन आटो ढिडो कोदो फापर वेचेर चाउचाउ,बिस्कुट, पिजा, चाउमिन, मःम किन्नु हुन्न कि ? गाईभैसीको गोवर गन्हाउछ भनी कुकुर पालेर गल्लीमा दिसापिसाव गराउन लैजानु हुन्न कि? आदर्श बिचार शिद्धान्त र वास्तविक नेतृत्वको ख्यालै नगरी वियर रक्सी मासुमा मत बेच्नु हुन्छ नि ? समाजमा शिक्षित, विद्वान, इमान्दार र नैतिकवानको अवहेलना गरी जस्तोसुकै होस् पैशावालको सम्मान गर्नुहुन्न कि ? घरमा कोही पाहुँना आउन कि अन्य अथवा बाबुआमा ले छोराछोरीलाई होस् कि छोराछोरीले बाबुआमालाई होस् कुराकानी यताउती, तातोचिसोको कुरा विर्सनुभो त्यही मोबाइलमा घोप्टो परेर आफ्नै घोप्टे युगमा रमाउने गर्नुहुन्छ नि ? चामलसंग पिठो साट्ने उखानलाई चरितार्थ गर्दै भएको अर्गानिक मकै बेचेर भुजामा रमाउने गर्नु हुन्छ नि ? 


अन्तमा यतिका विधि भन्यो नि भनेर नरिसाउनुहोला नठुस्किनुहोला यो म पनि हो तपाईँ पनि हो र उ पनि हो । हामीले हाम्रो संस्कृति जोगाउने हो, हाम्रो मौलिकता बचाउने हो, हाम्रो पहिचान जोगाउने हो र संस्कृतिमा जरा गाडेर रहेका कतिपय विकृतिलाई हटाउने हो भने परिवर्त गर्नु नै छ भने  सुरुवात आफुबाटै गर्नपर्छ भन्ने मान्यतालाई आत्मसात गरी आज अहिलेबाटै आफुमा भएका कमजोरीहरु हटाउन सुरु गरौँ । अरुले सुरु गरेपछि म पनि गरुलाई जस्तो चलेको छ चलोस भन्ने हो भने सबैले एकसाथ भने भै गो ।

जय विकृति ।


No comments:

Post a Comment

जय विकृति

 ध्रुब गिरी सदस्य साहित्य परिषद् प्यूठान यहाँलाई अनौठो लाग्ला विकृतिको पनि जय भन्ने कस्तो मति हराएको मनुवा रहेछ भन्नुहोला तपाईँले जे भने पनि...

Popular