Friday, October 22, 2021

जय विकृति

 ध्रुब गिरी

सदस्य साहित्य परिषद् प्यूठान


यहाँलाई अनौठो लाग्ला विकृतिको पनि जय भन्ने कस्तो मति हराएको मनुवा रहेछ भन्नुहोला तपाईँले जे भने पनि मलाई सरोकार छैन, केही मतलव छैन । म त भएको लेख्छु आधा ढाकेर देखाउन खोज्नेलाई उदा¨ो पार्न जानेको छुँ । आदर्श बोली  बोलेजस्तो गर्ने व्यवहारमा घृणित हर्कत गर्नेको पिछा लागेर छाड्छु , भाषणमा एक कार्यशैलीमा अर्को गर्नेको धज्जी उडाउछुँ ।  मुखमा रामराम वगलीमा छुरा लुकाउनेको टुप्पी समाउछुँ । कानुन मिचेर वैमान गर्नेको सकेसम्म  तर्कवाणले ढाड मस्काउछुँ । घरमा आगो लाएर खरानी खोज्न विदेश चाहार्नेलाई बाटोमा रोक्छु । चुनावमा लगाएका धाक पूरा नगर्ने नेता भनाउँदालाई भेट्नासाथ लोप्पा खुवाउछु । छाउपडी,देवकी, दाइँजो र तिलक प्रथालाई रीतिरिवाजको नाममा संस्कार भनेर निरन्तरता दिनेलाई  तिरस्कार गर्छु । मानव भएर पनि जातिय छुवाछुत दानवीय व्यवहार गर्नेको खेदो खन्छु । म यी सप्पै गर्छु भन्दा हुटिट्याउले आकास थाम्न खोजेको भन्नुहोला भन्नुस मलाई केही न्याक्नु हुन्न म मेरो बाटोमा निरन्तर अगाडी बढ्छु जतिवेलासम्म तपाईको साथ पाउनेछुँ र म रहन्छुँ । 

जय विकृति

 ध्रुब गिरी सदस्य साहित्य परिषद् प्यूठान यहाँलाई अनौठो लाग्ला विकृतिको पनि जय भन्ने कस्तो मति हराएको मनुवा रहेछ भन्नुहोला तपाईँले जे भने पनि...

Popular