Thursday, February 25, 2021
Tuesday, February 23, 2021
प्रतिनिधिसभा पुनःस्थापना हुने सर्वोच्चको फैसला, १३ दिनभित्र बैठक (सर्वोच्चको फैसलाको पूर्ण पाठसहित)
काठमाडौँ । प्रधानमन्त्री के. पी. शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । सो कदमका विरुद्ध परेको रिटमाथि आज फैसला गर्दै सर्वोच्च अदालतले १३ दिनभित्र संसद्को बैठक आह्वान गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाको नाममा परमादेश जारीसमेत गरेको छ । सारङ्गी न्युज डटकममा समाचार छ ।
सर्वोच्चको फैसलाको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस् ।
Monday, February 22, 2021
सार्वजनिक शिक्षा प्रणालीको सबलीकरणका चुनौति र उपाय
नेपालको शैक्षिक इतिहाँसलाई हेर्दा निरङ्कुश जहानिया राणा शासनकाल शैक्षिक
दृष्टिकोणले अध्यारो काल रह्यो ।
जनता शिक्षित भए ब्रहमलुट गर्न नपाइने सोचले
विद्यालय खोलिएन बरु विद्यालय खोल्न छुट्याएको त्यतिवेलाको २ लाख रुपैया वेलायतको
अनाथलायमा सहयोगका लागि पठाइयो तर नेपालमा विद्यालय खोल्ने हिम्मत भएन ।तथ्याङ्क
हेर्दा नि कहालिलाग्दो छ ।
२००७ सम्म नेपालको शाक्षरता जम्मा २ प्रतिशत , प्राथमिक विद्यालय ३२१ वटा ,
माध्यमिक विद्यालय ११ वटा र कलेज १ मात्र यस्तो थियो शैक्षिक तथ्याङ्क । राणाकालिन
निरङ्कुसताको विरुद्धमा जनआन्दोलन भयो अनि २००७ सालमा नेपालमा प्रजातन्त्र आयो तर
१० वर्ष पनि पूरा हुन नपाउदै प्रजातन्त्रको घाटी निमोठेर पञ्चायती व्यवस्था आयो
एकदलीय पञ्चायती व्यवस्थाको बिरुद्धमा २०४६ मा पुनः जनआन्दोलन भएपछि पञ्चायत पनि
गयो बहुदल आयो नेपालमा विद्यालय खुले खुल्नसम्म खुले सार्वजनिक पनि खुले र नीजि पनि
खुले तर राज्यको शिक्षाप्रतिको लगानी हेर्ने हो भने कनिका छरेजस्तो भएको छ । शिक्षा
विकासको पूर्वाधारहरुको पनि पूर्वाधार हो भन्ने कुरा जबसम्म राज्यले बुझ्दैन तवसम्म
शिक्षाको विकास नि हुदैन शिक्षाको विकास नभए देशको विकास नि सम्भव छैन । मान्नुस या
नमान्नुस भएको यथार्थ यही हो ।
Subscribe to:
Posts (Atom)
जय विकृति
ध्रुब गिरी सदस्य साहित्य परिषद् प्यूठान यहाँलाई अनौठो लाग्ला विकृतिको पनि जय भन्ने कस्तो मति हराएको मनुवा रहेछ भन्नुहोला तपाईँले जे भने पनि...
Popular
-
साहसी पूर्खाको वलिदानीलाई कुल्चेर जन्मभूमिमा विदेशी सेना परेड खेल्दा निर्मला पन्तजस्ता अवोध चेलीका हत्यारा तिम्रै वरिपरि घुमीरहँदा
-
ध्रुब गिरी सदस्य साहित्य परिषद् प्यूठान यहाँलाई अनौठो लाग्ला विकृतिको पनि जय भन्ने कस्तो मति हराएको मनुवा रहेछ भन्नुहोला तपाईँले जे भने पनि...
-
राज्यबाट हेपिएको कर्मचारीतन्त्रबाट दवाइएको ध्रुव गिरी नगरेपनि राजनीतिको विल्ला भिराइएको राज्यकै वरियताक्रममा नपारिएको तर अविचलित स...


