Saturday, March 13, 2021

कोरोना र लकडाउनमा घोतलिदाँ


                सन २०१९ मध्य डिसेम्बरमा चीनको वुहानमा जन्म भएको कोभिड १९ राक्षसी ज्यानमारा कोरोना भन्ने  सुक्ष्म भाइरसले अहिले बिश्वमा महामारीको रुप लिएको छ । आजका मितिसम्म करिव ८२ हजार मासिलाई चपाइसकेको छ भने करिव १४ लाख मानिसलाई पच्छ्याइरहेको छ ।


बिश्व नै पूर्णः लकडाउनमा छ यसैले हामी गोरखाली बिश्वका कुनै शक्तिसंग इतिहासमै कहिल्यै नझुकेको भएपनि  यसैको कारणले २०७६ चैत्र ११ गतेदेखि आ–आफ्ना घरकोठामा डरले थुरथुरिएर बसेका छौँ ,कोही विदेशी भूमीमा अलपत्रै छन् त कोही दशगजापारीबाट मातृभूमी आउन नपाई पारीबाट अर्को चुनाबमा मरिगए नआउने कसम खाएका छन् । यसैको मौका पारेर कसैले ५ हजारमा पाइने थर्मोमिटर गनलाई १५ हजारमा बिक्रि गर्दा मामाघरमा पुगेर चिउरा बुकाउदै होलान ,कसैले कोरोनाको नाममा औषधी र सामग्री खरिद प्रकरणमा कोरोना लागेर जानै परेपनि संगै लैजाने नियतले कमिसन पाउन दर्ता नै नभएको ओम्नी भन्नेसंग सौदाबाजी गरे तर अलि ढाक्ने चिजले ढाकेको भए हुन्थ्यो जालले ढाकेको देखिइहाल्यो अब खैरियत छैन बरै नेपाली सेनाको काँधमा फालेपछि आनन्द भनेर उता पञ्छाए किनभने सेनाको कारोवारमा न अख्तियार न महालेखा पुग्न पाउछ भन्दै राम राम झण्डैले बचियो भनेर लामो शास तान्दै होलान । कोही स्वास्थ्यकर्मी  आत्म सुरक्षा सामग्री विना नै कोरोना शंकासपद वा कोरोना संक्रमितसंग खटिएरै उपचारमा संलग्न हुन वाध्य छन् किनभने खटिन नसके जागिरको खैरियत छैन बुटवलमा कतिजनाको चैट भैसक्यो । चाकडी र चाप्लुसी गर्नेहरु त सुरक्षित पनि हुन्छन् पिपिइ लाएर फोटा खिचेकै छन् यति भए पुगिहाल्यो ।

                नेपाल सरकार जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले कछुवाको गतिमा रोगीको उपचार गरेकै छ ,रोग पहिचान बिना नै धेरैको मृत्यु भैसक्यो यसको प्रमाण  मृत्युको ११ दिनपछि मात्र अन्तेष्टि गरियो । अझै कतिको मृत्यु हुन्छ यसरी ? रोगको पहिचान भए उपचार गर्नै पर्यो ,नीजी अस्पतालमा उपचार गर्ने नै होइन किनभने त्यहाँ पैसा कमाउने हो सेवा दिने होइन , सरकारीमा भेण्टिलेटर र अक्सिजन नै पुग्दैन सकभर पहिचान नगर्नु नै  उत्तम उपाय ।

म पनि यिनै कुरामा घोतलिदा घोतलिदै इतिहाँसको याद आयो मेरी बज्यै ले गाउघरमा अल्लि लेखपढ गरेका मानिसलाई प्रसंशा गर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो“लिखापरेका मानिसले भनेका कुरा सुन्नुपर्छ अर्ती उपदेश लिनुपर्छ ।” उहाँले भनेको लिखापरेका मध्ये म पनि त भइसकँे अब त त्यसैले मैलेपनि केही कुराको वारेमा खोज अनुसन्धान गर्नै पर्छ भन्ने सोचेर आजभोली सबैको मुखमा झुण्डिएका २ शब्द कोरोना र लकडाउनको अर्थ खोज्ने निधो गरेँ नेपाली भाषाविद्ले त के भन्नुहुने हो म पनि यही भाषाको विद्यार्थी भएकोले यो साहस गरेँ लकडाउनकै मौकामा । सबैभन्दा पहिले त कोरोना शब्दलाई अंग्रजी ठम्याएर अंग्रेजी शब्दकोशमा दौडिएँ जसको अर्थ हुनेरहेछ “प्रभामण्डल ” । बज्यैले भने जस्तै लिखापरेको भएरै होला यसको अर्थ खोज्न नेपाली शब्दकोशको सहारा लिनुप¥यो र लिएँ पनि यसको अर्थ हुँदो रहेछ बाटुलो , गोलो वा वर्तलाकार बल्ल थाहा भयो अर्थ नै वर्तलाकार भएपछि गोलो पृथ्वीका सबै कुनामा किन नपुगोस नि कोरोना ? यो बिश्व ध्रुवीकरणको वेलामा यही भएर २ सयभन्दा बढी देशमा फैलेच पो ।

                यसैगरी लकडाउन शब्दको अर्थ म नेपाली भएकोले हालसम्म निस्केका नेपाली शब्दकोश सबैभित्र जति खोजेपनि पाउन सकिन हुतिहैरान भएपछि आगन्तुक शब्द होला भन्ठानेर अंग्रेजी शब्दकोशमा खोजे ीइअपमयधल लाई खोजे मरेपनि भेटाइन । सायद कोरोना सर्छ भनेर दुरी कायम गर्न अलग पारिएको हुनुपर्छ भनी छुट्टा छुट्टै खोजेँ जस अनुसार ीयअप को अर्थ ताला मार्नु , थुन्नु वा बन्द गर्नु रहेछ भने म्यधल को अर्थ तलतिर , उँधो वा तल रहेछ अब जोडेर हेरेँ अनि भयो ताला मारेर तल बस्ने , थुनेर उँधो बस्ने वा बन्द गरेर तलतिर जाने अब के हो के हो भनेर झन्डै वेहोस भएँ । त्यसो गर्न नी भएन बज्यैले भनेको लिखा परेको मान्छे भएकोले आयातित शब्दको प्रयोगको सट्टामा बरु भित्रै बस्ने , अनावश्यक वाहिर नहिड्ने वा हिड्नैपर्ने भए सामाजिक दुरी कायम राख्ने भन्नेजस्ता शब्द राख्न सकेको भए के फरक हुन्थ्यो होला ? यसरी भाषा पूर्णताको लागि केही आगन्तुक शब्दको प्रयोग हुनु जरुरी भएपनि सबै क्षेत्रमा आगन्तुक शब्दमात्रै प्रयोग गर्दै जाँदा भाषिक मौलिकता नामेट हुने त होइन ? के लकडाउनको सट्टा घररभित्रै बस्ने , ढोका बन्द गर्ने वा घर बाहिर नहिड्ने जस्ता शब्द प्रयोग गरेमा सायद नबुझ्ने कोही भए बुझाउन हुन्थ्यो सम्झाउन हुन्थ्यो । हुन त कसैको तर्क आउन सक्छ कि सजिलोका लागि लकडाउन शब्द प्रयोग गरेको । कति सजिलो खोज्ने ? अंग्रेजी भाषाको सजिलो पच्छ्याउदै जाने हो भने हामीले प्रयोग गर्ने आदर हटाएर उच्च ,निम्न र सामान्य आदरमा के प्रयोग गर्ने ? विभिन्न पक्ष अनुसारका क्रियापदलाई रुपायन नै नगर्ने ? पदयोग र पद वियोगको टन्टै नगर्ने ? समग्रमा मौलिकता नामेट पार्ने ?अस्तु ।

                 

 

 

No comments:

Post a Comment

जय विकृति

 ध्रुब गिरी सदस्य साहित्य परिषद् प्यूठान यहाँलाई अनौठो लाग्ला विकृतिको पनि जय भन्ने कस्तो मति हराएको मनुवा रहेछ भन्नुहोला तपाईँले जे भने पनि...

Popular