माल ,माल वेहाल
ध्रुब गिरी |
यसको अर्थ पहिल्याउन एउटा अनुसन्धान नै गर्नुपर्ने भयो । यसै क्रममा ८०वर्षका एकजना गाउकै हजुरबुबाबाटै यसको उद्घाटन गरेँ । उहाँ बिहानै उठेर लौरो टेक्दै भन्नुहुन्थ्यो, “ए केटा, त्यो मेरो हुक्कामा ‘माल’ भरिदे त, तलतल लाग्यो, त्यो नतानी बिहान पेट नै सफा हुदैन”। थाहाभयो, यो ‘माल’ भन्नाले हजुरबाको कक्कड पो रहेछ ।
अर्को दिन नै फेरि यही शब्द ‘माल’ ले गर्दा टाउको दुखाइ भएको थियो । केही युवा साथीहरुको जमातसँग बाटोमा हिड्दै जादा उनीहरुले जुन वाक्य प्रयोग गरे, त्यसमा ‘माल’ शब्दलाई विशेष जोड दिएका थिए । एकजना युवा भनिरहेका थिए, “क्या च्वाक माल यार”। थाहा भयो केटीलाई पो माल भन्दा रहेछन् । अब भने हजुरबुबाको सुर्तीसँग यो ‘माल’को कुनै सामञ्जस्य थिएन, अनि टाउको दुखाइ हुँदैन त !
ब्यापारीहरुको मुखैमा पनि ‘माल’ शब्द नै झुन्डिएको हुदोरहेछ । “यो लकडाउनको कारणले पसलमा माल नै छैन, सबै माल भन्सारमा रोकिएको छ, ड्यामेज माल परेछ” आदि आदि ।ल अब फेरियो ‘माल’ले लत्ताकपडा, सरसामान आदिलाई पो इंगित गर्न लाग्यो ।
दुव्र्यसनीको लतमा लागेका वा गाँजा खानेहरुको मुखमा पनि ‘माल’लाई नाम बाचक बिशेष्य कै रुपमा प्रयोग गर्दा रहेछन् । उनीहरुले भनेको सुनेु, “चुरोटमा भएको सुर्ती निकालेर ‘माल’ भर ।” अब भने मलाई हजुरबुबाले सुर्तीलाई भनेको माल गलत भएको पुष्टि हुन बेर लागेन । मैले निक्र्यौल गरे लागू औषध जस्तै गाँजा चरेसलाई पो ‘माल’भन्दा रहेछन् ।
बुढा र युवाहरुको विचार त बुझिसकेँ । अब सानातिना नानीबाबुहरुको विचार बुझ्ने निर्णय गरें । एउटा सानो ४ वर्ष जतिको बाबुलाई सोधेको थिएँ “बाबु, माल भनेको क्या हो ? तिमीलाई थाहा छ ? बाबुले त प्रश्न नै टुंग्याउनु अघि सबैको सामुन्ने कट्टु नै खोलेर देखाई दियो ।सायद उसलाई भनेका हँुदा हुन् “माल देखियो बाबुको, छोप”, “कुरीकुरी, भाइको माल बाहिर निस्कियो,“ र यस्तै यस्तै । ल अब सानाबाबुको बुझाइमा माल भनेको त सुसु गर्ने अंग पो रहेछ।‘माल’को सही अर्थ त अँझैसम्म पनि मैले बुझिरहेको थिइन तर मेरो मिलन भाइले चाहिं माल शब्दलाई जेजस्तो अर्थमा बुझेको थियो त्यसलाई अँझ एउटा वातावरणले झनै प्रष्ट्याई दियो ।
लकडाउनको सुरुका दिनको कुरा हो फुर्सद भएकाले केही गाऊका मानिसहरु मिलेर तास खेलिरहेका थिए । भाइ मिलन पनि नजिकै बसेर केही खेलिरहेको थियो । विशेषगरी तासको मेरिज खेलमा जोकर पत्तीलाई ‘माल’ भनिदोरहेछ र यो मालको बिशेष महत्व पनि हुदोरहेछ । त्यहाँ कोही भनिरहेका थिए, “तेरो माल देखा, मेरो त माल नै छैन, उसको त माल गतिलै रहेछ, माल छोप, आ िदआदि।’’
मिलन भाइ खेल्न छोडेर ती अश्लिल शब्दहरु जस्तो लाग्ने वाक्यांश सुनिरहेको थियो, ऊ अवाक थियो । उसले के सोचिरहेको थियो त्यो त उसैलाई थाहा होला ।
त्यसैले माल शब्दले झुक्याउछ मालामाल हुन्छु भन्दा बेहाल पनि वनाइदिन भ्याउछ । त्यसैले धेरै मालका पछि नलागौँ । जय होस् ।
No comments:
Post a Comment