ध्रुब गिरी
सदस्य साहित्य परिषद् प्यूठान
यहाँलाई अनौठो लाग्ला विकृतिको पनि जय भन्ने कस्तो मति हराएको मनुवा रहेछ भन्नुहोला तपाईँले जे भने पनि मलाई सरोकार छैन, केही मतलव छैन । म त भएको लेख्छु आधा ढाकेर देखाउन खोज्नेलाई उदा¨ो पार्न जानेको छुँ । आदर्श बोली बोलेजस्तो गर्ने व्यवहारमा घृणित हर्कत गर्नेको पिछा लागेर छाड्छु , भाषणमा एक कार्यशैलीमा अर्को गर्नेको धज्जी उडाउछुँ । मुखमा रामराम वगलीमा छुरा लुकाउनेको टुप्पी समाउछुँ । कानुन मिचेर वैमान गर्नेको सकेसम्म तर्कवाणले ढाड मस्काउछुँ । घरमा आगो लाएर खरानी खोज्न विदेश चाहार्नेलाई बाटोमा रोक्छु । चुनावमा लगाएका धाक पूरा नगर्ने नेता भनाउँदालाई भेट्नासाथ लोप्पा खुवाउछु । छाउपडी,देवकी, दाइँजो र तिलक प्रथालाई रीतिरिवाजको नाममा संस्कार भनेर निरन्तरता दिनेलाई तिरस्कार गर्छु । मानव भएर पनि जातिय छुवाछुत दानवीय व्यवहार गर्नेको खेदो खन्छु । म यी सप्पै गर्छु भन्दा हुटिट्याउले आकास थाम्न खोजेको भन्नुहोला भन्नुस मलाई केही न्याक्नु हुन्न म मेरो बाटोमा निरन्तर अगाडी बढ्छु जतिवेलासम्म तपाईको साथ पाउनेछुँ र म रहन्छुँ ।